आचार्य चाणक्यले “चाणक्य नीतिमा” भन्नुभएको छ, मनुष्यले ऋण, रोग र शत्रुलाई जडैदेखी नाश गर्नु पर्छ, नत्र इनिहरुले धेरै नोक्सान गर्छन। आजको समयमा हामी मध्य धेरै जनाले धेरै ठाउँबाट ऋण लिएका हुन्छौं। जस्तै लघुवित्त, बैंक तथा गाउले ऋण सैकडा ३ रुपियाँ चर्को ब्याजमा। हामीले कुनै व्यवसाय गर्न भनेर ऋण लिन्छौं अनि हामीले त्यो ऋणको रकमलाई छोरा- छोरि को बिहे गर्न, छोराहरु लाई विदेश पठाउन वा अन्य घरायसी खर्चकोलागी खर्च गर्छौं।
ऋण लिएर हाम्रो तत्कालको समस्या समाधान त हुन्छ, तर यसलाई समय मा न तिरे अगाडी गएर यो ऋण ब्याज र मूलधन बढेर धेरै ठुलो रकम हुन्छ। यसले गर्दा धेरै समस्याहरु उत्पन्न हुन्छन। कुनै- कुनै व्यापारीले ठुलै ऋण लिएर पनि ऋण तिरी हाल्छन किनकि ति व्यापारीले सहि वित्तीय प्लान गरेका हुन्छन।
आज मैले जानेका ऋण तिर्ने तरिकाहरु तपाईको माझ शेयर गर्दै छु। ऋण कसरि तिर्ने? सामान्य २० देखि २५ हजार कमाउने व्यक्तिले पनि आफ्नो २ देखि ३ लाख सम्मको ऋण सजिलै तिर्न सक्छ। तपाइलाई मेरो यो लेख मनपर्ने छ भन्ने आशा गरेको छु।
आफ्नो ऋणलाई ब्याजको (Interest Rate) अनुसार लिस्ट बनाउनुहोस।
सामान्यतः तपाई हामी मध्य धेरै जनाले जसको पनि ऋण २ देखि ३ ठाउँमा छ। त्यहाँ हामीले सबै ठाउँमा किस्ता बराबर तिरी रहेका हुन्छौं, जसले गर्दा न त् हामीसंग सहि तरिकाले पैसा बचत हुन्छ न त् ऋण कम हुन् जान्छ।
यो कुरालाई राम्रो संग बुझ्नका लागि एउटा उदाहरण हेरौ –
मानौं हाम्रो कमाइ मासिक २०,००० रुपियाँ छ। हामीले एउटा बैंक बाट १ लाख बार्षिक १३.७६ प्रतिशतका दरले ऋण २ बर्षको लागि लियका छौँ जसको मासिक किस्ता ४,७८९.९६रुपियाँ छ , त्यसै प्रकार अर्को बैंक बाट १ लाख रुपियाँ ऋण बार्षिक १४% का दरले २ बर्षको लागि जसको मासिक किस्ता ४,८०१ रुपियाँ छ तथा लघुवित्त बाट १ लाख रुपियाँ बार्षिक १५% ब्याजको दरले २ वर्षको लागि जसको मासिक किस्ता ४,८४८.६६ रुपियाँ छ। जम्मा मासिक किस्ता १४,४३९.६२ रुपियाँ तिर्छौं ।
अब हामीले ब्याजको अनुसार धेरै ब्याज देखि थोरै ब्याज हुने ऋणको लिस्ट बनाऊछौँ।
क्रम संख्या | ऋण | समय | बार्षिक ब्याज | रकम | किस्ता | सम्पूर्ण ब्याज |
१ | लघुवित्त | २ बर्ष | १५% | १००,००० | ४८४८.६६ | १६,३६६.४ |
२ | बैंक | २ बर्ष | १४% | १००,००० | ४,८०१ | १५,२२४ |
३ | बैंक | २ बर्ष | १३.७६% | १००,००० | ४,७८९.९६ | १४,९५९ |
जम्मा | ३००,००० | १४,४३९.६२ | ४६,५४९.४ |
अब हाम्रो सम्पूर्ण मासिक किस्ता को तिन भाग लगाउ। एउटा १० हजारको, २,२१९.५ र अर्को पनि २,२१९.५ को अब तलको तालिकामा हेर्नुहोस।
अब हामीले दुइटा बैंक को ऋण लाई समान किस्ता तिर्छौं जसले गर्दा दुइटा बैंकको ऋण तिर्ने समय बढाउनु पर्छ १४% ब्याज गरेको बैंकको समयलाइ ५ बर्ष ५ महिनामा राख्छौं अनि १३.९६% ब्याज वालो बैंकको पनि समय बढाएर ५.५ बर्ष बढाउनु पर्छ।
सर्वप्रथम धेरै ब्याज वालो लघुवित्तको मासिक १० हजार किस्ता तिरेर ऋण समाप्त गर्छौं ।
क्रम संख्या | ऋण | ऋण समत हुने समय | बार्षिक ब्याज | रकम | घट बढ गरेको किस्ता | सम्पूर्ण ब्याज |
१ | लघुवित्त | ११ महिना | १५% | १००,०००-१००.००० = ० | १०,००० | ७,५०३ – ७,५०३ =० |
२ | बैंक | ५.५ बर्ष-११ महिना = ५५ महिना शेष | १४% | १००,००० – १७,१८२ = ८२,८१८ | २,२१९.५ | ७,२२८ |
३ | बैंक | ५.५ बर्ष-११ महिना = ५५ महिना शेष | १३.९६% | १००,०००-१७,२१५ = ८२,७८५ | २,२१९.५ | ७,१९४ |
जम्मा | १६५,६०३ | ४,४३९ | २१,९२५ |
अब धेरै ब्याज वालो अर्को बैंकमा गएर किस्ताको रकम बढाएर १२,२१९.५ तिर्छौं, यसले गर्दा त्यो बैंकको ऋण तिर्ने समय घट्छ।
क्रम संख्या | ऋण | ऋण समत हुने समय | बार्षिक ब्याज | रकम | घट बढ गरेको किस्ता | सम्पूर्ण ब्याज |
१ | लघुवित्त | ११ महिना | १५% | १००,०००-१००.००० = ० | १०,००० | ७,५०३ -७,५०३ =० |
२ | बैंक | ८ महिना | १४% | ८२,८१८-८२८१८ = ० | १२,२१९.५ | ३,९६६.५७-३,९६६.५७ =० |
३ | बैंक | ५५ महिना -८ महिना = ४७ महिना शेष | १३.९६% | ८२,७८५-१२५२४=७०,२६१ | २,२१९.५ | ५,२३२ |
जम्मा | ७०,२६१ | २,२१९.५ | ९,१९८ |
यसै प्रकार अब अन्तिम बचेको बैंकको ऋण को किस्ता बढाएर १४,४३९.६२ तिर्छौं।
क्रम संख्या | ऋण | ऋण समत हुने समय | बार्षिक ब्याज | रकम | घट बढ गरेको किस्ता | सम्पूर्ण ब्याज |
१ | लघुवित्त | ११ महिना | १५% | १००,०००-१००.००० = ० | १०,००० | ७,५०३ -७,५०३ =० |
२ | बैंक | ८ महिना | १४% | ८२,८१८-८२८१८ = ० | १२,२१९.५ | ३,९६६.५७-३,९६६.५७ =० |
३ | बैंक | ६ महिना | १३.९६% | ७०,२६१-७०,२६१ = ० | १४,४३९.६२ | ५,२३२ |
जम्मा | ० | ० | ५,२३२ |
यसरि २ बर्ष १ महिनामा हामीले सम्पूर्ण ऋण तिरेर सक्छौं। यसरि क्रमागत ऋण तिर्दै जाँदा हामीले तिरेको ब्याज जोडौं २१,९२५ + ९,१९८+ ५,२३२ = ३६,३५५ रुपियाँ हुन् जान्छ। नत्र पुरानै तरिकाले तिरेको भए ४६,५४९.४ रुपियाँ तिर्नु पर्थियो। हामीले १०,१९४ रुपियाँ को बचत गर्यों।
हामीले आफ्नो मासिक बजेट बनाउ।
आफ्ना विभिन्न खर्चहरुलाइ म्यानेज गर्ने सहि तरिका हो मासिक बजेट बनाउनु।अब हामीले यो कुरा को विचार गर्नु पर्छ, हाम्रो अतिआवश्यक खर्चहरु जस्तै कोठा भाडा, खाना, बिजुलीको बिल, पानीको बिल, रिचार्च र गाडी भाडा इत्यादिमा के के हुन्।
अब हामीले आफ्नो कापी अथवा एक्सेल शीटमा प्रत्येक शिर्षकको लागि कति रकम खर्च गर्ने हो लेखौं बजेट बनाऊ। बजेट बनाई सके पछि यो भन्दा धेरै खर्च न होस् भन्ने कोशिस गरौँ। यसै प्रकार हामीले प्रत्येक महिना बजेट बनायौं भने देखि हाम्रो पैसा फिजुल खर्च हुनबाट जोगिन्छ अनि हाम्रो ऋण तिर्ने धेरै पैसा बचत हुन्छ र ऋण छिटै तिरेर भ्याउछौं।
केहि समयको लागि खर्चहरुमा कटौती गरौँ।
हामी मध्य धेरै जसो मानिस आफ्नो जिन्दगीमा धेरै खर्च गर्छौं, जस्तै घुम्ने, मिठो मसिनो होटेलमा गएर खाने, अरुलाई देखाउन लाई होस् अथवा कसैको देखासिकी गरेर आफुलाई अतिआवश्यक न भएका वस्तुहरु किन्ने, मनोरंजन मा पैसा खर्चने। हामीलाई ऋणको भारीले थिचेको छ भनेदेखि यस्तै प्रकारका अनावश्यक खर्चहरुलाई जबसम्म ऋण तिरेर भ्याईदैन तब सम्म विराम दिनु जरुरि छ।,
आपतकालीन बचत कोष बनाउनु जरुरि छ।
हामीलाई ऋण लिन नै न परोस, यसको लागि हामीले आपतकालीन बचतकोष बनाउनु धेरै आवश्यक छ। अब प्रश्न यो आयो आपतकालीन बचतकोष कति रुपियाँ को बनाउने ? यसको सजिलो उत्तर यस प्रकार छ। हामीले मासिक जति कमाऊछौँ त्यो रकम को ६ महिना को रकम, जस्तै मेरो मासिक तलब २० हजार छ भनेदेखि २०,००० X६ = १२०,००० रुपियाँ। अब यो रकम लाइ यस्तो ठाउं लगानी गर्न जरुरि छ जहाँबाट राम्रो प्रतिफल आओस जस्तै शेयर बजार, बैंकमा मुद्दती खाता इत्यादीमा जहाँ बाट हामीलाई केहि रकम जरुरत परे झिकेर आफ्नो समस्या टार्न सकौं र ऋण लिन न परोस।
अतिरिक्त आम्दानीबाट ऋण तिरौं ।
हामी घरको एक्लै पैसा कमाउने सदस्य हौँ भनेदेखि हामीले आफ्नो जगिरिमा मात्र निर्भर हुनु हुदैन। यसको सट्टा पैसा आउने छुट्टै बाटोहरु को खोजि गर्न पनि जरुरि छ, जस्तै हामीसंग केहि सिप छ भनेदेखि त्येसको प्रयोग गरेर पैसा कमाउनु पर्छ, तरकारी खेति गरेर होस् वा कुखुरा पालेर या सानो तिनो मजदुरी गरेर होस् पैसा आउने बाटो रोज्ने पर्छ। आजभोली महिला दिदि बहिनीहरु पनि पार्ट टाइम बिजनेस गर्न सक्नु हुन्छ जस्तै अचार बनाउने तेस्लाई बेच्ने सिलाई कटाई इत्यादी। यसरि पार्ट टाइम आएको पैसाले घर खर्च चलाई ऋण तिर्नमा सहयोग हुन्छ।
यदि कुनै व्यक्तिमाथि ऋणको भार छ भनेदेखि उसको कमाएको धेरै ठुलो रकम ऋण तिर्नमा नै जान्छ र सधैभरी चिन्ता मात्र हुन्छ। घर परिवारमा कलेश पी उत्पन्न हुन्छ। ऋण देखि मुक्ति पाउन चाहनु हुन्छ भनेदेखि मेरा यी उपायहरु यहाँहरु को धेरै लाग्नेछन धन्यवाद।
यो पनि पढ्नुहोस -
Leave a Reply