• Skip to main content
  • Skip to secondary menu
  • Skip to primary sidebar
  • Skip to footer
Sagar Budha

Sagar Budha

आध्यात्म, बिजनेस, यात्रा, कृषि तथा विज्ञान प्रविधिलाई सिख्दै सिखाऊदै

  • होम
  • कृषि
    • बागवानी
    • बिरुवा नर्सरी
    • तरकारी खेति
    • पशुपालन
  • ब्लग/लेख
  • हाम्रो बारे
  • संपर्क

स्वस्थ आहार र किसानको आर्थिक समृद्धिका लागि लोकल कुखुरा पालन

23 March 2025 by Sagar Budha Leave a Comment

नमस्कार! लोकल कुखुरा पाल्दा किसान र उपभोक्तालाई मात्र न भइ देशलाई पनि फाइदा हुन्छ। किन फाइदा हुन्छ भनेदेखि यदि हामीले बोइलर चल्ला पाल्दा बोइलर चल्लाको मेन माउ नेपालमा विदेशबाट ल्याउदा गोटाको ३० देखि ४० डलरसम्म पर्छ। एक बर्षमा विदेशबाट नेपालमा बोइलर को लाखौं माउ ल्याउनु पर्छ र नेपालमा अहिले सम्म नेपालमा यस चल्लाको बिशेष माउ बनाइएको छैन। आजभोली मलेसिया, अस्ट्रेलिया तथा अमेरिकाबाट विशेष माउ या अन्डा आयात गर्ने चलन पनि छ। यसरि विदेशबाट आयात गर्दा हामी नेपाली को धेरै पैसा खर्च हुन्छ। यसरि बोइलर पाल्दा घाटा हुन्छ। अन्डा पार्ने लेस चल्लाको माउ पनि विदेशबाट नै आयात हुन्छ र यसबाटपनि घाटा छ। 

लोकल कुखुरा
लोकल कुखुरा

अर्कोकुरा बोइलर पाल्दाखेरी धेरै एन्टीबयोटिक औषधिहरु, धेरै भिटामिनहरु इत्यादी दिनुपर्छ जुन नेपालमा बन्दैन सब विदेशबाट आयात हुने हो। यसले हामीलाई र देशलाई घाटा छ।  तर हामीले स्थानीय जातको लोकल कुखुरा पाल्दा धेरै फाइदा छ। लोकल कुखुरालाई एन्टीबयोटिक औषधिहरु, धेरै भिटामिनहरु दिनु पर्दैन महँगो महँगो औषधिहरु तथा किनेर दानाहरु पनि दिनु पर्दैन। भ्याक्सिनहरु पनि लगाउनु पर्दैन।  आजभोली नेपालमा आएको भ्याक्सिन्हरु सुरक्षित छैन्। बिग्रेका भ्याक्सिन्हरू नेपालमा आउछन तेसैले लोकल कुखुरालाई कुनै ब्यक्सिन पनि न लगाउनु होस्। 

Table of Contents

Toggle
  • लोकल कुखुरालाई रोक्मुक्त कसरि राख्ने ?
  • लोकल कुखुरा पालनका फाइदा
  • लोकल कुखुरा पाल्दा कति नाफा हुन्छ ?

लोकल कुखुरालाई रोक्मुक्त कसरि राख्ने ?

लोकल कुखुरा सामान्य बिरामी भए एन्टीबयोटिकप्रयोग गर्नुपर्दछ। कुखुरालाई भाइरसबाट लाग्ने रोग ८० देखि ९० प्रतिशत हुन्छ। सेनिटाईजर्को रुपमा भाइरसलाइ नियन्त्रण गर्नको लागि भीरकोन र भिरुनिल भन्ने औषधिलाइ पानीमा मिसाएर गाडी, बाइक तथा  कुखुराको खोरमा र जता जता खुखुरा बस्छन हफ्तामा एक पटक मज्जाले स्प्रे गर्नुपर्दछ। यसो गर्दा हाम्रो कुखुरा ८० प्रतिशत रोगबाट मुक्त हुन्छ। लोकल कुखुरा बिरामी हुन् बित्तिकै औषधि उपचार गर्नुपर्दछ।  दानाहरुमा पनि ख्याल राख्नुपर्दछ। लोकल चल्लालाई नोर्मल दानाहरु दिंदा हुन्छ।  

लोकल कुखुरा पालनका फाइदा

तेती धेरै औषधिहरु र भिटामिन दिनु न पर्ने भएकोले पाल्ने किसानहरुलाई पनि फाइदा छ र खाने उपभोक्ताहरुलाइ पनि फाइदा छ पहिलो कुरा त् बोइलर कुखुराको भन्दा लोकल कुखुराको मासु एकदमै मुठो हुन्छ अर्को कुरा नेपालमा खाने बोइलर कुखुराको मासु र लेस खुखुरको अन्डामा मापदण्ड पुर्याइएको हुदैन एन्टीबयोटिक चलाई सकेपछि ७ देखि १० दिन पश्चात बोइलर कुखुरा खान योग्य हुन्छ तर प्राय नेपालमा आज एन्टी बयोटिक ख्यायो आज नै हतार हतार कुखुराहरु उपभोक्ताको लागि बजारमा लाने चलन छ। लेस खुखुरहरुमा पनि अन्डा पार्दा पार्दै एकदम कडा खालको एन्टीबयोटिक औषधिहरु प्रयोग गरिन्छ तेसैले बोइलर होस् या लेसको अन्डा उपभोक्ताहरुको स्वास्थ्य को लागि हानिकारक छ। किसानलाई धेरै औषधिहरु प्रयोग गर्नको कारणले गर्दा भने जस्तो फाइदा हुदैन साथै उपभोक्ताहरु लाई पनि स्वास्थ्यको दृष्टिकोणले घाटा छ। मुख्य रुपले उपभोक्ता र किसान दुबैलाई लोकल कुखुराबाट फाइदा छ। 

लोकल कुखुरा सुत्केरी लाइ पनि अति उत्तम हुन्छ, मन्दिरमा पुजा गर्नको लागि पनि उत्तम खान लाइ पनि स्वादिष्ट अन्डा पनि उत्तिकै मिठो। कम्तिमा पनि ४ महिना पालेपछी एस्लाई खान मिल्छ। तपाइले बोइलर महिनाको ४ पटक खानुहुन्छ भनेदेखि एस्लाई महिनाको २ पटक मात्र खानुहोस। स्वास्थ्य राम्रो हुनेछ। 

लोकल कुखुरा पाल्दा कति नाफा हुन्छ ?

किसानहरुले पनि १०० लोकल कुखुरा पाल्नु हुन्छ भनेदेखि राम्रो संग २० देखि २५ हजार सम्म नाफा कमाउन सक्नु हुनेछ। अन्डाको लागि मात्र पाल्नु हुन्छ भनेदेखि २० देखि २५ हजार सम्म सजिलै कमाउन सक्नु हुनेछ। १०० पोथी र १०० भाले पाल्नुहोस लोकल कुखुराले ६ महिना देखि अन्डा पार्न शुरु गर्दछ र त्येसको १२ महिना सम्म अन्डा पारि रहन्छ। अन्डा पार्न शुरु गरिसकेपछि १०० भाले बेचिदिनुस।  भालेहरु ३ देखि ४ महिनामा तैयार हुन्छन इनको तौल २ केजी सम्म पुग्छ एती समयमा र  ६०० देखि ७०० रुपैया प्रति केजी बिक्रि हुन्छ। यी पोथिहरु १८ महिना पुगी सकेपछि बुढो हुन्छ र ३०० देखि ४०० रुपैया प्रति केजी बिक्रि गर्न सकिन्छ। यसबाट पनि धेरै फाइदा छ। 

लोकल कुखुराको बे फाइदा भनेको उपभोक्ताहरुले महँगो भएको कारणले किनेर खान सक्नु भएको छैन। ६०० रुपैया प्रतिकेजी बिक्रि गरे पनि १०० कुखुरबत २० देखि २५ हजार नाफा कमाउन सकिन्छ। किसानले ध्यान दिने कुरा भनेको २०० चल्ला देखि शुरु गर्दा फाइदा हुन्छ प्रत्येक महिना २०० सयको दरले चल्ला पाल्द मासिक ५० देखि ६० हजार सम्म कमाउन सकिन्छ। एकै पटक १००० देखि १५०० हाल्दा बजार बनाउन सकिन्न बेच्न गारो हुन्छ। 

आजको लागि येतिनै धन्यवाद !

Filed Under: पशुपालन Tagged With: कुखुरा पालन

Reader Interactions

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Primary Sidebar

आध्यात्म

स्तम्भहरु

कुखुरा पालन जाजरकोट दरबार नेपाली कृषि मल्चिङ प्रविधि

Footer

लेखक

सागर बुढा

नमस्कार! म सागर बुढा www.sagarbudha.com को  संपादक तपाई लाई स्वागत गर्दछु। यो ब्लग,  मैले अनुभव गरेका यात्रा, कृषि तथा आध्यात्मका  कुराहरु तपाईको  माझ शेयर गर्ने ठाउं हो।

मेरो बारेमा थप पढ्नका लागि

यहाँ क्लिक गर्नुहोस

ताजा लेखहरु

  • कृषिमा मल्चिङ: कम खर्चमा धेरै उत्पादन लिने आधुनिक तरिका
  • स्वस्थ आहार र किसानको आर्थिक समृद्धिका लागि लोकल कुखुरा पालन
  • जाजरकोट दरबार: कर्णालीको ऐतिहासिक पर्यटकीय गन्तव्य

सर्च गर्नुहोस

Tags

कुखुरा पालन जाजरकोट दरबार नेपाली कृषि मल्चिङ प्रविधि

महत्वपूर्ण पेजहरु

  • हाम्रो बारे
  • संपर्क
  • गोपनियता नीति
  • साइट म्याप

Copyright © 2025 Sagar Budha